निर्वाचन आयोगद्वारा मतदाता नामावली अद्यावधिक शुरु
- काठमाडौंनिर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम शुरु गरेको छ ।
निर्वाचन आयोगबाट स्वीकृत कार्यविधि अनुसार मतदाता नामावली अद्यावधिक गर्न थालिएको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगका अनुसार गत चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा भएका नागरिकको विवरणलाई वैशाख १ गतेबाट अद्यावधिकको प्रक्रिया लैजान शुरु भइसकेको छ ।
अद्यावधिक कार्य सम्पन्न भएपछि वैशाख मसान्तमा अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगले जनाएको छ । यसैबीच, निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक प्रयोजनका लागि प्रकाशित प्रारम्भिक नामावलीमा त्रुटि भए सच्याउन र कुनै व्यक्तिको विरोधमा उजुरी दिन सकिने जनाएको छ ।
त्यस्तै, एकभन्दा बढी स्थानमा नाम समावेश भएमा हटाउन तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेकाको नाम मतदाता नामावलीबाट हटाउन वैशाख १४ गतेसम्म सम्बन्धित निर्वाचन कार्यालय वा अनलाइनमार्फत् निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ ।