कालीकोटको पलातामा ट्क्याटर दुर्घटना, ४ को मृत्यु
- कालीकोटकालीकोटको पलाँता गाउँपालिका–२ लार्फमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु भएको छ ।
पलाँता–९ थिर्पुबाट खिनको छलाहा जाँदै गरेको ट्याक्टर राडुनेटा लार्फ भन्ने ठाउँमा गएराति साढे ११ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी टेक बहादुर रावतले बताउनुभयो ।
दुर्घटनामा पलाँता–५ निवासी अम्मा शाही, वडा नम्बर–४ का सदु बुढा, रवीन्द्र विक र मुगुको खत्याड गाउँपालिका–५ घर भएका चालक चन्द्र प्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति नै कहरदेव अस्थायी प्रहरी पोष्टबाट वरिष्ठ हवलदार गगन रावतको नेतृत्वमा टोली घटनास्थल गएको डीएसपी रावतले जानकारी दिनुभयो । उहाँका अनुसार टयाक्टर नम्बर खुलेको छैन । अप्ठ्यारो सडक रातिको समय भएकाले दुर्घटना भएको स्थानीय पूर्ण सिँह बमले जानकारी दिए ।