राष्ट्रिय

बिजुलीको पोलमा लत्रिएको तारबाट जिपमा करेन्ट प्रवाह, चारको मृत्यु

- आनन्द गौतमताप्लेजुङ

ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पाथीभरातर्फ जाँदै गरेको जिपमा करेन्ट प्रवाह हुँदा चार जना यात्रुको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । 

सेवारो चोक भन्ने स्थानमा बिजुलीको पोलमा लत्रिएको तारबाट जिपमा करेन्ट प्रवाह हुँदा उनीहरुको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो । 

बिहान ५ बजेतिर सदरमुकाम फुङलिङबाट यात्रु लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ ज ३०११ नम्बरको जिपमा बिजुलीको पोलमा लत्रिएको तारबाट करेन्ट प्रवाह हुँदा दुर्घटना भएको हो । 

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले छ । उनीहरु आमा छोरा हुन् । आमाको अवस्था गम्भीर रहेकोले थप उपचारमा लैजान हेलिकप्टर झिकाउने प्रयास भइरहेको डीएसपी रावलले जानकारी दिनुभयो ।