राष्ट्रिय

शिक्षकको आन्दोलनकाबीच सामूदायिक विद्यालय खोल्न घोराही उपमहानगरको निर्देशन

- केएफएम डेस्ककाठमाडौं

देशभरका शिक्षक आन्दोलनमा रहेका बेला दाङको घोराही उपमहानगरपालिकाले भने आजदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

 उपमहानगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले आजदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको हो । बैठकले शैक्षिक क्यालेन्डर अनुसार बैशाख ८ गतेदेखि नियमित रुपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।

आजदेखि अनिवार्य विद्यालय सञ्चालन गरे÷नगरेको विषयमा उपमहानगरपालिकाले अनुगमन गर्ने जनाएको छ । देशभरका शिक्षक आन्दोलनमा होमिँदा सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै स्थानीय सरकारले उपमहानगरपालिका भित्रका विद्यालय खोल्न निर्देशन दिएको हो ।