एमालेका गाउँपालिका अध्यक्ष प्रत्यासी किर्ते जालसाजी मुद्दामा पक्राउ
-सिरहाका एक जना पूर्ववडाध्यक्ष किर्ते जालसाजी मुद्दामा पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका २ का पूर्ववडाध्यक्ष खुशीलाल साह किर्ते जालसाजी मुद्दामा पक्राउ परेका हुन् । साहलाई आज बिहान आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ । साहले वर्तमान वडाध्यक्षको हस्ताक्षर र वडा कार्यालयको छाप किर्ते गरेको आरोप छ ।
प्रहरीका अनुसार, २०८० माघ १९ मा उहाँले वडाध्यक्ष सुरेश कुमार यादवको नक्कली हस्ताक्षर र वडा कार्यालयको छापसमेत किर्ते गरी चारकिल्ला सिफारिस बनाएको भन्दै उजुरी परेको थियो । अदालतबाट म्याद लिएर साहमाथि थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताउनुभयो । साह २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट नवराजपुर गाँउपालिका २ को वडाध्यक्षमा निवार्चित भएका थिए ।