सरकार पूर्ण रुपमा असफल भइसक्योः माओवादी केन्द्र
-प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भइसकेको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार राजनीतिक रुपमा असफल भइसकेको दाबी गर्नुभएको हो । अप्राकृतिक रुपमा बनेको सरकार असफल भइसकेको भन्दै उहाँले सत्तामा रहने अधिकार समेत नभएको बताउनुभयो ।
सरकारको पछिल्ला निर्णय र गतिविधिले जनता निराश र आक्रोशित भएको माओवादी केन्द्रले ठहर गरेको छ । पछिल्लो पटक भएको सहमति कार्यान्वय गर्नुपर्ने लगायत माग गर्दै काठमाडौंमा तीन साता यता विरोध गर्दै आइरहेका शिक्षकहरुको माग समेत सरकारले सम्बोधन नगरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।
एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले केही स्वार्थ समूहको इच्छा अनुसार निर्णय गर्ने गरेको माओवादी केन्द्रले आरोप लगाएको छ ।