आवासीय चिकित्सकहरूद्वारा काठमाडौंको माइतीघरमा प्रदर्शन
- काठमाडौंनिजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरू सरकारी सरह तलब सुविधा माग गर्दैै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
चिकित्सकहरुले स्वास्थ्य मन्त्रालय घेराउन गर्नेे चेतावनी दिएपछि प्रहरी र चिकित्सकबीच केहीबेर धकेलाधकेल भएको थियो । चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६औँ बैठकले निजी मेडिकल कलेजलाई आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको सुविधा दिन निर्देशन दिएको थियो ।
तर निर्देशन कार्यान्वयन नभएपछि चिकित्सकहरू आन्दोलनमा उत्रीएका हुन् । आन्दोलनरत चिकित्सकका अगुवाहरुले चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयनको माग गरेका छन् । निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म अत्यावश्यक बाहेक अन्य सेवा सुचारु नगर्ने भन्दै आवासीय चिकित्सकहरुले बताउँदै आएका छन् ।