राष्ट्रिय

संसदको छैटौं अधिवेशन भोलिबाट शुरु हुँदै

- केएफएम डेस्ककाठमाडौं

संघीय संसदको छैटौं अधिवेशन भोलिबाट शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक भोलि अपरान्हका लागि बोलाइएको छ । 

प्रतिनिधिसभाको नयाँ अधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायत दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । त्यस्तै, सरकारले प्रतिनिधिसभामा वैकल्पिक विकास वित्त परिचालन विधेयक अघि बढाउने तयारी गरेको छ । राष्ट्रिय सभाको सम्भावित कार्यसूचि भने सार्वजनिक हुन बाँकी छ ।

 संघीय संसदमा सरकारको नीति तथा कार्यक्रमपछि प्रिबजेट छलफल गर्ने तयारी भएको संसद सचिवालयसम्वद्ध स्रोतको भनाइ छ । सम्भवत् वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम पेश हुने सम्भावना छ ।