ताप्लेजुङमा जिपमा करेन्ट प्रवाह हुँदा ४ जनाको मृत्यु भएको घटना छानविन गर्न समिति गठन
- काठमाडौंताप्लेजुङको पाथीभरा क्षेत्रमा गत सोमबार भएको सवारी दुर्घटनाको छानविनका लागि बिद्युत विकास विभागले समिति गठन गरेको छ ।
पोलबाट लत्रिएको तारले करेण्ट लागेर सदरमुकाम फुङलिङबाट काफ्लेपार्टी जाँदै गरेको जिप जल्दा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । बिभागका सिनियर इञ्जिनियर नुतन शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन गरेको विभागका प्रवक्ता सन्दिप देवले जानकारी दिनुभयो ।
छिट्टै आफुहरुले घटनास्थलमा पुगेर अध्ययन गर्ने र विभागमा प्रतिवेदन वुझाउने संयोजक शर्माले जानकारी दिनुभयो ।