राष्ट्रिय

सरकारले आह्वान गरेको वार्तामा तत्काल सहभागी नहुने शिक्षक महासंघको संकेत

- केएफएम डेस्ककाठमाडौं

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सरकारले आह्वान गरेको वार्तामा तत्काल सहभागी नहुने संकेत गरेको छ ।

रेडियो कान्तिपुरसँग कुरा गर्दै नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले आजै वार्तामा सहभागी हुने सम्भावना नभएको बताउनुभयो । समितिभित्र छलफल गरेर मात्र वार्तामा सहभागिताबारे निर्णय हुने उहाँको भनाइ छ ।

शिक्षकले काठमाडौं केन्द्रीत आन्दोलन जारी राखेका छन् । चैत्र २० गतेदेखि जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा पनि सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नयाँ मिति अनुसार बैशाख २० गतेदेखि गर्ने तय गरेपनि शिक्षकको आन्दोलन जारी रहेको अवस्थामा परीक्षा प्रभावित हुने देखिन्छ ।