ह्दयेन्द्र शाहबारे नायिका सुरक्षा पन्तको अभिव्यक्तिमा प्रधानमन्त्री ओलीको समर्थन
- काठमाडौंपूर्व युवराज पारस शाहका छोरा ह्दयेन्द्र शाहको सन्दर्भमा नायिका सुरक्षा पन्तले दिएको अभिव्यक्तिमा प्रधानमन्त्री केपी ओलीले समर्थन जनाउनुभएको छ ।
एक टेलिभिजन अन्तवार्तामा नायिका पन्तले नायिका पन्तले ह्दयेन्द्र शाह कलाकार बन्न सक्ने अभिव्यक्ति दिएपछि त्यसको विरोध राजतन्त्र पक्षधरले गरिरहेका छन् । काठमाडौंमा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नायिका पन्तको अभिव्यक्तिमा विरोध गर्न आवश्यक नभएको बताउनुभयो ।
कलाकार पन्तले शाहबारेमा बोलेको बिषयलाई लिएर राजतन्त्र समर्थकले सामाजिक सञ्जालमा अशिष्ट र अमर्यादित अभिव्यक्ति दिइरहेका बेला प्रधानमन्त्रीको यस्तो धारणा सार्वजनिक भएको हो । कलाकार र खेलाडी लगायत सेलिब्रिटीले राजनीतिक बिषयमा बोल्दा आफ्नो दल र विचाराधारा अनुकूल नभएपछि कतिपय दलका नेता र कार्यकर्ताले उनीहरुमाथि सामाजिक सञ्जालबाट अशिष्ट भाषा प्रयोग गर्ने गरेको पाइन्छ ।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, कलाकार मनिषा कोइराला र गायक प्रकाश सपुतमाथि पछिल्लो समयमा राजनीतिक बिषय उठाएर अमर्यादित तवरमा आलोचना भएका छन् ।