राष्ट्रिय

बीमा कार्यक्रममा आँखाको उपचारलाई समायोजन गर्ने प्रधानमन्त्रीको भनाई

- केएफएम डेस्क

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखाको उपचारलाई समायोजन गर्ने बताउनुुभएको छ । 

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाद्वारा आज काठमाडौँमा आयोजित अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा उपचारको समायोजनलाई प्राथमिकता दिइएको बताउनुभयो । 

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको रणनीतिक योजनामा सन् २०३० सम्म प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया ७५ प्रतिशतमा पु¥याउने लक्ष्य राखिएको बताउनुभयो ।