राजतन्त्र पक्षधरहरु अराजक बन्दै गएः प्रधानमन्त्री ओली
- काठमाडौंप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरहरु अराजक बन्दै गएको बताउनुभएको छ ।
श्रमिक दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राजतन्त्रको विरोध गर्ने व्यक्तिमाथि आक्रमण गर्ने क्रम बढेको भन्दै आपत्ति जनाउनुभयो ।
लोकतान्त्रिक व्यवस्था र संविधानप्रति सबै पक्ष सजग हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । आफूहरुबीच विवाद र फाटो ल्याउने प्रयास भएको भन्दै उहाँले एकतावद्ध भई गतिशीलतातर्फ अघि बढ्नुपर्ने बताउनुभयो ।
यसअघि विराटनगरमा आजै बोल्दै प्रधानमन्त्री ओलीले विस्थापित भएकाहरु फर्कने प्रयास गरेपनि असफल हुने दाबी गर्नुभएको थियो ।