राष्ट्रिय

कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना सहभागि हुने

- केएफएम डेस्क

यही बैशाख २१ गतेदेखि हुने कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५ सय २५ जना परीक्षाथी सहभागि हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार ५ हजार २ सय २ विद्यालयका नियमित तर्फ छात्र १ लाख ९८ हजार ८ सय ७५ र छात्रा १ लाख ९७ हजार १३ गरी ३ लाख ९५ हजार ९ सय ८, अन्य २० तथा आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ गरी सो संख्यामा परीक्षार्थी सहभागि हुनेछन् । 

सबै भन्दा कम मनाङ र सबैभन्दा बढी काठमाण्डौंबाट परीक्षार्थी सहभागि हुने उहाँको भनाइ छ । नेपालभर १ हजार ५ सय ९० र जापानमा १ गरी १ हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यसअघि बैशाख ११ गतेका लागि तोकिएको परीक्षा तालिका शिक्षकहरुको आन्दोलनका कारण २१ गतेलाई धकेलिएको हो ।