राधिका शाक्यले लेखेको पुस्तक ‘करुणा’ को विमर्श
- काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श गरिएको छ ।
काभ्रेपलान्चोकको धुलिखेलमा आयोजित कार्यक्रममा पुस्तकका बारेमा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु, नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले कवितामार्फत करुणाको व्याख्या गर्नु भएको थियो ।
पुस्तकमा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएको समिक्षा भएको थियो ।
टिप्पणी पछि लेखक राधिका शाक्यले अनुभूति प्रस्तुत गर्नु भएको थियो ।
विमर्श कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो ।