नारायणी अस्पतालमा टायल विच्छ्याउँदा १ करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार
- काठमाडौंपर्सास्थित नारायणी अस्पताल परिसरमा भौतिक संरचना निमार्णमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले अस्पतालको नयाँ निर्माण गरिएको भवन परिसरमा टायल विच्छ्याउने क्रममा अनियमित रुपमा ठेक्का सम्झौता गरि १ करोड ८४ लाख रुपैयाँ बढी रकम हिनामिना भएको भन्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख राजेन्द्र शाह, इन्जिनियर सकुर अन्सारी, अस्पतालका तत्कालीन नायव सुब्बा शुशिलप्रसाद यादव, तत्कालीन लेखापाल सुदिपकुमार माझी, मुल्याङ्कन समितिका संंयोजक डा. विरेन्द्रबहादुर प्रधान र सदस्य सचिव माधवी चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
उनीहरुसँग अख्तियारले १ करोड ८४ लाख रुपैयाँ भन्दा बढी बिगो माग गरेको छ ।