राष्ट्रिय

नीति तथा कार्यक्रममाथि असन्तुष्ट जसपा नेपाल अब कसरी अघि बढ्छ?

- पार्वता चौधरी

कांग्रेस र एमालेको गठबन्धन सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी नेपालले नीति तथा कार्यक्रममाथि असन्तुुष्टी जनाएको छ । विपक्षी दल माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्टिय स्वतन्त्र पार्टीले नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरीरहेका बेला सत्ता समर्थित दल जसपा नेपालले पनि असन्तुुष्टी जनाएको हो । जसपा नेपालले समर्थन नजनाएमा राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित हुन नसक्ने अवस्था छ । यसअघि पनि सरकारले ल्याएको अध्यादेशमा जसपा नेपालले अड्को थाप्दा सरकारको टाउको दुुखाईको विषय बनेको थियो । यसै सन्दर्भमा नीति तथा कार्यक्रमलाई लिएर असन्तुुष्टी जनाएको जसपा नेपाल अब कसरी अघि बढ्छ भनेर हामीले सो पार्टीका नेता एवम् राष्ट्रिय सभाका सांसद मृगेन्द्रसिंह यादवलाई सोधेका छौं ।