राष्ट्रिय

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान

- सुवास विडारी

बागमती प्रदेशसभाको सोह्रौं अधिवेशन यही जेठ ५ गते बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम आह्वान गर्नु भएको हो ।

१६ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । प्रदेश सरकारले आगामी आवको लागि बजेट निर्माणको तयारी गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ वटा मन्त्रालयलाई गत ४ वैशाखमा ५५ अर्बको बजेट सिलिङ तोकेको थियो । बागमती प्रदेश सभाको पन्ध्रौं अधिवेशन गत २० चैतमा अन्त्य भएको थियो ।