मानव बेचबिखनमा संलग्न एक युवती पक्राउ
- पर्सामानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा पर्साबाट एक जना युवती पक्राउ परेकी छन् । वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।
वैशाख २१ गत वीरगञ्जकी एक नाबालिकालाई नयाँ कपडा किनिदिने र पैसा दिने जस्ता प्रलोभन देखाई भारत विहार रक्सौलको होटलमा यौन धन्दामा लगाएको आरोप उनीमाथि छ ।
प्रहरीले नाबालिकालाई शनिबार बिहान २ बजेतिर उद्धार गरेर अनुसन्धान थालेपछि खातुनले यसअघि पनि अन्य नाबालिकाहरुलाई विभिन्न प्रलोभन देखाइ बेचबिखन तथा ओसारपसार गर्ने गरेको भन्ने खुलेको छ ।
खातुनलाई नियन्त्रणमा लिई उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार ऐन बमोजिमको कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिइ अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।