राष्ट्रिय

सर्वोच्चद्वारा रविन्द्र मिश्रलाई हिरासतमा राख्नुको कारण माग

- केएफएम डेस्ककाठमाडौं

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरी हिरासतमा राख्नुको कारणसहित अदालतमा उपस्थित हुन सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रहरीलाई कारणसहित मिश्रलाई लिएर अदालतमा उपस्थित हुन आदेश दिएको हो । मिश्रकी श्रीमती सारिका कार्कीले गृह मन्त्रालय र नेपाल सरकारलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । उक्त निवेदनमाथि आज भएको सुनुवाई पश्चात न्यायाधीश पोखरेलले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र बन्दीलाई लिएर उपस्थित हुन आदेश दिएको हो ।

गत चैत १५ गतेको तीनकुनेमा राजावादीको नाममा भएको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा प्रहरीले मिश्रलाई विगत ४७ दिनदेखि थुनामा राखी अनुसन्धान गरिरहेको छ ।