लोकतन्त्रको मूल्य, मान्यता र शान्ति सुरक्षासँग सम्झौता हुँदैनः गृहमन्त्री लेखक
- काठमाडौंगृहमन्त्री रमेश लेखकले संविधान र लोकतन्त्रविरुद्धका कुनै पनि गतिविधिमा सरकार सम्झौता गर्न नसक्ने बताउनु भएको छ ।
कोशी प्रदेशको सुरक्षा गोष्ठीको विराटनगरमा आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको मूल्य, मान्यता र शान्ति सुरक्षासँग सम्झौता गर्न नसकिने स्पष्ट पार्नु भएको हो ।
गृहमन्त्री लेखकले राज्यको पहिलो दायित्व नागरिकको जिउधनको सुरक्षा भएको उल्लेख गर्दै विपद् न्यूनीकरण, जोखिम पहिचान र तदारुकता पूर्वक कार्य गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
शान्ति सुरक्षा सुनिश्चित भए मात्र विकास सम्भव हुने भन्दै उहाँले संघीय लोकतान्त्रिक व्यवस्था मार्फत दिगो शान्ति र समृद्धिको यात्रामा पुग्न सकिने उल्लेख गर्नुभयो ।