राष्ट्रिय

लुम्बिनी प्रदेश सभाको दोस्रो बैठक आज बस्दै

- घनश्याम गौतमबुटवल

लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको दोस्रो बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ । बैठकका लागि तीन मुख्य विषयसहितको सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताउनुभयो । 

एउटा विधेयक पेश हुने, सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभा सदस्यको अनुपस्थितिको जानकारी सभामा गराउने, प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष समयमा मन्तव्य राख्ने सम्भावित कार्यसूची रहेको छ । 

सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सामयिक कर, राजश्व सङ्कलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।