राष्ट्रिय

कुलेखानी–कलङ्की–हुमाने सडक आजबाट बन्द हुने

- केएफएम डेस्ककाठमाडौं

काठमाडौँ–हेटौँडा खण्डको कुलेखानी–कलङ्की–हुमाने सडक आजबाट १९ दिन बन्द हुने भएको छ ।

मर्मतसम्भारका लागि सो खण्ड बन्द गर्न लागिएको हो ।

सडक मर्मत अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्नु पर्ने भएकाले आजदेखि २० गतेसम्मसवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ ।