राष्ट्रिय

खैरोहिरोइन सहित २ जना पक्राउ

- सुवास विडारीमकवानपुर

मकवानपुर प्रहरीले अवैध लागूऔषध खैरोहिरोइन सहित हेटौंडाबाट २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका ५ का २० वर्षीय करण राय र २९ वर्षका उपेन्द्र रायभरलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १८ ग्राम १५० मिलिग्राम खैरोहिरोइन फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रातोमाटेको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ मा चेकिङको क्रममा वीरगञ्जबाट हेटौंडातर्फ जादै गरेको बसमा यात्रा गरिरहेका उनीहरुलाई शंकाको आधारमा खानतलासी गर्दा उनीहरुको साथबाट लागूऔषध फेला परेको थियो ।

उनीहरुले मोबाइल चार्जरभित्र हिरोइन लुकाएर ल्याएका थिए ।

दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।