राष्ट्रिय

सगरमाथा संवाद आजबाट सुरु

- केएफएम डेस्ककाठमाडौं

जलवायु परिवर्तनबाट सिर्जित समस्या विश्व समुदायलाई महसुस गराउने गरि आयोजना गरिएको सगरमाथा संवाद आज सुरु हुंदैछ । 

पर्सी आइतबार सम्म चल्ने संवादमा १सय७५ जना विदेशी पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

पहिलो संस्करणको यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित छ। 

सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले संवादमा मुख्यगरी पाँचवटा मुद्दा उठाउन लागिएको जानकारी दिनुभयो ।

नेपालले हिमनदी संरक्षणका लागि ‘पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा कम’ हुनुपर्ने लक्ष्यको आवश्यकतामाथि छलफल गर्नेछ। 

विश्व मौसम संगठन (डब्लूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष थियो। 

त्यतिबेला पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थिया।इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) को सन् २०१९ को प्रतिवेदनअनुसार पृथ्वीको तापमान १.५ डिग्री सेल्सियसमाथि पुग्दाको असर हिमनदी र मूल नदी प्रणालीमा आश्रित राष्ट्रमा असमान रूपमा पर्न जान्छ।

नेपालले आफ्ना हिमनदीको विनाश रोक्न पनि पर्वतीय मुलुकदेखि टापु राष्ट्रलाई यस संवादमार्फत जोड्न खोजिरहेको सदस्य सचिव ढकालको भनाइ छ।

संवादमा नेपालले जलवायु परिवर्तनका कारण भोगेको असर प्रमाणसहित प्रस्तुत गर्दै छ।