राष्ट्र बैंकको गर्भनर नियुक्ति प्रक्रिया रोक्न पेश भएको रिट निवेदन दरपीठ
-सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन दरपीठ गरिदिएको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलद्धारा पौडेलविरुद्ध दायर रिट निवेदन दरपीठ गरिदिएको हो ।
सर्वोच्च अदालतका उपरजिस्ट्रार निराजन पाण्डेका अनुसार तीन कारण उल्लेख गर्दै पौडेलविरुद्धको रिट दरपीठको निर्णय गरिएको छ । विपक्षीलाई गभर्नर सिफारिस समितिले गभर्नर पदमा सिफारिस गरेको अवस्था नदेखिएको र अनिश्चित विषयमा निवेदन दर्ताका लागि निवेदन पेस भएकाले दरपीठको आदेश भएको पाण्डेले बताउनुभयो । पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको दाबी गर्दै अधिवक्ताद्वय विशाल थापा र प्रतीभा उप्रेतीले रिट पेस गर्नुभएको थियो ।