हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन मिल्दैनः गृहमन्त्री लेखक
- काठमाडौंगृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्न नमिल्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले धार्मिक आवरणमा अपराधजन्य कार्य गर्न नहुने बताउनुभएको हो ।
कुनै हिंसात्मक घटनालाई धर्मको आधारमा उन्मुक्ति दिन नमिल्ने गृहमन्त्री लेखकको भनाइ छ । उहाँले गत चैत १५ गते तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराधकर्म भएकाले कुनै धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताउनुभयो । गृहमन्त्री लेखकले राजतन्त्रको माग नेपालको संविधानविपरीत भएको समेत उल्लेख गर्नुभयो ।
संसदमा सांसदहरुले उठाएका विभिन्न बिषयबारे गृहमन्त्री लेखकले आजको बैठकमा जवाफ दिनुभएको हो ।