भारतमा कोभिड संक्रमण बढेपछि नेपालमा सजगता अपनाउन सुरु
-भारत लगायत केही मुलुकमा कोभिड संक्रमण देखिन थालेपछि नेपालमा पनि सजगता अपनाउन थालिएको छ ।
विमानस्थलको हेल्थ डेस्क र नाकाहरुमा स्क्रिनिङमा थप चनाखो भएर परीक्षण गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्र झाले जानकारी दिनुभयो ।
सचेतना अभिवृद्धीका कार्यक्रम गर्नेबारे आज छलफल हुने उहाँले बताउनुभयो । पछिल्लो पटक भारतमा कोभिडका २ सय ५७ नयाँ संक्रमित देखिएका छन् भने सिंगापुर र हङकङमा पनि संक्रमितहरु देखापरेका छन् । पहिलो पटक कोभिड देखिँदा नेपालमा १० लाखभन्दा बढीमा संक्रमण देखिएको थियो भने १२ हजारभन्दा बढीको मृत्यु भएको थियो ।