वर्षाले अवरुद्ध कान्ति लोकपथ सञ्चालन
- मकवानपुरवर्षाले अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा आएको छ । वर्षाका कारण सवारी साधन आवागमन बन्द गरिएको कान्ति लोकपथ बिहान ९ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको हो ।
यसअघि बागती खोलामा रहेको पुलको छेउमा भरिएका ग्राभेल बाढीले बगाएपछि हिजो अपराह्नदेखि कान्ति लोकपथ अवरुद्ध भएको थियो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ को बीचमा रहेको बागमती पुलको दुवैतर्फ राखिएको माटो र ग्राभेल पुनः राखिएपछि सडक सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
बागमती खोलाले बागमती पुलको दायाँबायाँ भरेको ग्राभेल र खोलामा राखेको ह्युमपाइप पटक÷पटक बगाएकाले कान्ति लोकपथ अवरुद्ध हुँदै आएको छ ।