नवलपुरमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
- नवलपरासी पूर्वनवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–७ मा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा मध्यबिन्दु–७ बस्ने २४ वर्षीय नवीन कुमाल र २२ वर्षीय रादिम मिधुनको मृत्यु भएको हो ।
अम्रसाबाट चोरमारा बजारतर्फ जाँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परेर घाइते भएका उनीहरुलाई मध्यबिन्दु प्रादेशिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलमै सवार २८ वर्षका मनिष घर्ती मगरको चितवनको नयाँ मेडिकल कलेजमा उपचार भईहेको प्रहरीले जनाएको छ ।