राष्ट्रिय

नवनियुक्त गर्भनर पौडेलविरुद्ध रिट दर्ता

- केएफएम डेस्क

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा आज रिट दर्ता भएको हो । अधिवक्ता अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटमा पौडेलको योग्यता नभएको भन्दै नियुक्ति बदरको माग गरिएको छ । 

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, गभर्नर सिफारिस समिति, नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयलाई समेत प्रतिवादी बनाइएको छ । रिटमाथि भोलि पेसी तोकिएको छ । यसअघि, पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्नबाट रोक्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्चले दरपीठ गरेको थियो । सरकारले गत मंगलवार पौडेललाई गभर्नर नियुक्त गरेको थियो ।