राष्ट्रिय

सरकारलाई गरिएको सिफारिस कार्यान्वयन भएनः आयोग

- केएफएम डेस्क

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगको तर्फबाट सरकारलाई गरिएको सिफारिस कार्यान्वयन नभएको बताउनुभएको छ । आयोगको २५ औँ वार्षिकोत्सव समारोहमा आज आयोजित कार्यक्रममा उहाँले कारबाहीका लागि गरिएका सिफारिस धेरै कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । 

अध्यक्ष मगरले सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितको न्याय र परिपूरण सबैको सरोकार, चिन्ता र जिम्मेवारीको विषय भएको समेत बताउनुभयो । चालु आर्थिक वर्षमा मानव अधिकार उल्लंघन सम्बन्धी ५८ वटा उजुरी दर्ता भएका छन् भने १ सय ६४ वटा उजुरीहरु फर्छौंट गरिएको आयोगले जनाएको छ आयोग २०५७ साल जेठ १३ गते स्थापना भएको स्मरण गर्दै स्थापना दिवस मनाउने गरेको छ ।