राष्ट्रिय

राप्रपाको काठमाडौं केन्द्रीत प्रदर्शन जारी

- केएफएम डेस्क

व्यवस्थाको विरोधमा अनिश्चितकालिन आन्दोलनको घोषणा गरेका राजावादी दल र संगठनले आज पनि काठमाडौं केन्द्रीत प्रदर्शन गरेका छन् । संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र पुर्नस्थापनालगायतका माग राखेर आन्दोलन अघि बढाएको राप्रपा, राप्रपा नेपालसहितका दल र संगठनले माइतीघर मण्डला, बबरमहल र बिजुलीबजार क्षेत्रमा विरोधका कार्यक्रम गरिरहेका छन् । 

गणतन्त्र दिवसका दिन हिजोबाट सुरु आन्दोलन आफ्ना माग पुरा नभएसम्म विरोधका कार्यक्रम यथावत रहने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । नवराज सुवेदीको नेतृत्वमा रहेको संयुक्त जनआन्दोलन परिचालन समितिले आफ्नो आन्दोलनलाई भद्र अवज्ञा र सत्याग्रह आन्दोलनमा अघि बढाउने बताएको छ । उनीहरुको प्रदर्शनका कारण माइतीघर र वानेश्वर क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।