राष्ट्रिय

आइतबार विदा !

- केएफएम डेस्क

भोटो जात्राको अवसरमा सरकारले आगामी आइतबार काठमाण्डौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले सूचना जारी गर्दै बिदाबारे जानकारी दिनुभएको हो । ललितपुरको जावलाखेलमा आगामी आइतवार भोटो देखाइदैछ ।