राष्ट्रिय

बैशाखमा भएका सवारी दुर्घटनामा २ सय ४५ जनाको मृत्यु

- केएफएम डेस्ककाठमाडौं

देशभरका विभिन्न स्थानमा भएका साना ठूला सवारी दुर्घटनामा परि बैशाखमा २ सय ४५ जनाको मृत्यु भएको छ ।

 नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार बैशाखमा भएका ३ हजार ३९ सवारी दुर्घटनामा परि उनीहरुको मृत्यु भएको हो । प्रहरीका अनुसार १ सय ८५ पुरुष, ४१ महिला तथा १३ बालक र ६ बालिकाको सडक दुर्घटनामा मृत्यु भएको छ ।

 दुर्घटनामा परि ७ सय १९ जना गम्भिर घाइते भएका छन् भने ४ हजार ३५ जना सामान्य घाइते छन् । प्रहरीका अनुसार धेरैजसो तिब्र गतिमा सवारी चलाउँदा दुर्घटना भएका छन् । 

यसैबीच ट्राफिक प्रहरीले बैशाखमा गरेको कारबाहीबाट ९ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । बैशाखमा मात्र १ लाख १४ हजार ७ सय १९ वटा सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।