रातो मच्छिन्द्रनाथको भोटो देखाइयो
-वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । ललितपुरको जावलाखेल चोकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली लगायत विशिष्ट व्यक्तिको उपस्थितिमा भोटो देखाइएको हो ।
यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । भोटो देखाउने जात्रा सम्पत्र भएपछि सोही दिन साँझ नै खटमा राखेर मच्छिन्द्रनाथलाई बुङमती पु¥याउने परम्परा छ । भोटो जात्राको अवसरमा सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।