राष्ट्रिय

रौतहटमा सवारी दुर्घटनामा परि दुईको मृत्यु

- शिव पुरी

रौतहटको चन्द्रपुर–१ मंगलपुर स्थित पुर्व पश्चिम राजमार्गमा बुधबार मालबाहक ट्रक र यात्रु बाहक गाडी ठोक्किदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाईते भएका छन् । सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेका विद्युतिय सोकोन गाडी र बिपरित दिशाबाट जादै गरेको ट्रक आपसमा ठोक्किदा सर्लाहि रामनगर– १ खैरवाका ३६ बर्षिया भगिया देविको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

यस्तै सोही स्थानका ३० बर्षिय धिरेन्द्र ठाकुरको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १८ बर्षिय रानि कुमारी यादव र रौतहटको दुर्गाभगवति गाउँपालिका–५ बडहर्वाका १९ बर्षिय सरोज ठाकुर घाईते भएका छन् । दुबै जनाको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको र खतरामुक्त रहेको प्रहरीले जनाएको छ । ट्रक चालक मकवानपुर हेटौडा–.१३ का ग्यालसेन थोकर र सोकोन गाडीका चालक सर्लाहि रामनगर– ३ का आकाश सिहलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिनुभयो ।