राष्ट्रिय

पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको प्रधानमन्त्री ओलीको टिप्पणी

- केएफएम डेस्क

पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेमा फर्किने चर्चा भइरहँदा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गर्नुभएको छ । पार्टीको महाधिवेशन घोषणा नहुँदै हल्ला चलाएर पार्टीलाई कमजोर बनाउने प्रयास भएको ओलीको भनाइ छ । एमाले समर्थित अखिलको २४ औं महाधिवेशनलाई तल्लो तहसम्म गुटबन्दी देखाउन खोजिएको बताउनुभएको हो ।

एमालेका कतिपय नेताले पूर्वराष्ट्रपति भण्डारीलाई आगामी महाधिवेशनबाट अध्यक्ष बनाउनुपर्ने धारणा व्यक्त गरिरहेका बेला ओलीले त्यसप्रति असन्तुष्टी जनाउनुभएको हो । भण्डारीको नाम नलिई ओलीले कार्यकर्ताको मनस्थिति बिथोल्ने प्रयास भएको टिप्पणी गर्नुभयो ।

पार्टीको आन्तरिक बिषयलाई बाहिर लगेर गलत प्रचार गर्ने र आक्रमण गर्ने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो । पार्टीबारे अनावश्यक बहस गर्नेमाथि कारवाही हुने संकेत गर्दै ओलीले भन्नुभयो ।

पूर्व राष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किने प्रयासमा विभिन्न जिल्लाको भ्रमणमा हुनुहुन्छ । उहाँले हालै मात्र चीन भ्रमण गरेर राजनीतिक भेटघाट समेत गर्नुभएको थियो ।