राष्ट्रिय

अवरुद्ध संसद एक दुइृ दिनमै खुल्छः सञ्चारमन्त्री गुरुङ

- केएफएम डेस्क

सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरुका कारण केही दिनदेखि लागातरा अवरुद्ध प्रतिनिधि सभा बैठक एक दुई दिनमै सुचारु हुने दाबी गर्नु भएको छ । मन्त्रिपरिषदको बैठकको निर्णय सार्वजनिक गर्दै उहाँले संसद अवरुद्ध भएको लामो समय भएकाले केही दिनमै सुचारु हुने बताउनुभयो ।

सञ्चारमन्त्री सुब्बाले केही दिन अघि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु गरेको अभियानमा प्रयोग भएको झोले शब्दको गलत ब्याख्या भएको टिप्पणी गर्नुभयो । राष्ट्रियताको झण्डा बोक्नेका लागि झोले शब्द प्रयोग भएको उहाँले प्रष्टीकरण दिनुभयो ।

भिजिट भिसा प्रकरण कर्मचारीसँग जोडिएकाले गृहमन्त्री लेखकको राजीनामा नआउने उहाँले जीकिर गर्नुभयो ।