अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित
- काठमाडौंएमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया झिनो मतले निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया विजयी हुनु भएको हो ।
कडरियाले ७३२ मत प्राप्त गर्नु भयो । दुवै जना प्यानल सहित मैदानमा उत्रिएका थिए । पार्टी नेतृत्वले कडरियाको प्यानललाई अघि सारेको थियो ।नेतृत्वले अघि सारेको प्यानलमा असहमत जनाउनेहरुलाई पौडेलले नेतृत्व गरेका थिए । महासचिवमा दीपक धामी निर्वाचित हुनु भएको छ ।
उहाँ पनि कडरियाकै प्यानलबाट बिजयी हुनु भएको हो । उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ बिजयी हुनु भएको छ भने सचिवमा आकाशा घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी हुनु भयो । विद्युतीय मेसिनमार्फत गरिएको मतदान हिजो सम्पन्न भएको थियो । १ हजार ५ सय ५१ मतदाता रहेको अखिलमा १ हजार ४ सय ५० जनाले मतदान गरेका थिए ।