राष्ट्रिय

मधेश प्रदेशका सांसद सरोजसिंह कुसवाहा निलम्बित

- केएफएम डेस्क

मधेश प्रदेशका अर्का सांसद पनि निलम्बित भएका छन् । प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले सरोजसिंह कुशवाहा निलम्बन भएको अख्तियार दुरुपयोग अनुसन्धानको निलम्बनसम्बन्धी पत्र पढेर सुनाउनु भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित सिंह हिजो काठमाडौंको अनामनगरबाट पक्राउ पर्नु भएको थियो । विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम नीजि सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको सो रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

सिंहका सचिव कायस्थ महोत्तरीबाटै केही दिनअघि पक्राउ परेका थिए । मधेश प्रदेशसभामा १ सय ७ जना सांसद थिए । जसमध्ये तीन जना सांसद निलम्बित भइसकेका छन् । यसअघि दिपेन्द्र ठाकुर र अभिराम शर्मा निलम्बनमा परेका थिए ।