जिप खस्दा २ को मृत्यु ११ घाइते
-बागलुङको बुर्तिवाङ बजारदेखि यात्री बोकेर गाउँ गैरहेको पिकअप जिप सडकदेखि खेतमा खस्दा २ जनाको मृत्यु भएको छ । गाडिमा सवार ११ जना घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका ५ को बतासेडाँडामा आज अपरान्ह साढे ५ बजे जिप खसेको प्रहरीले जनाएको छ । लुम्बिनी प्रदेशकोे पिकअप जिप सडक देखि ५० मीटर तल खसेको प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा गएको १५ जनाको टोलीले घाइतेको उद्दार गरेको हाम्रा सहकर्मीले जनाएका छन् । घाइतेको बुर्तिवाङ अस्पतालमा उपचार भइरहेको छ ।