राष्ट्रिय

माधव नेपालको सांसद पद निलम्वन

- केएफएम डेस्क

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्बन भएको छ । प्रतिनिधिसभा बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालको सांसद पद निलम्बनको सूचना पढेर सुनाइएको छ । सभामुख देवराज घिमिरेले आजको बैठकमा अध्यक्ष नेपालको सांसद पद निलम्वनको सूचना पढेर सुनाउनु भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पतञ्जली योगपिठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दी भन्दा बढी जग्गा खरिदबिक्री गर्न दिइ सरकारी सार्वजनिक सम्पत्ति हिनामिना हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष नेपाल नेकपा एकीकृत समाजवादीको तर्फबाट रौतहट–१ बाट निर्वाचित सांसद हुन् ।