प्रधानमन्त्री ओली र विश्व बैँक समूहका प्रबन्ध निर्देशक सिस्लेनबीच शिष्टाचार भेट
-प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैँक समूहका प्रबन्ध निर्देशक तथा प्रमुख प्रशासकीय अधिकृत डेभिड सिस्लेनले आज शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपालमा लगानी वृद्धि र रोजगारी सृजनाका माध्यमबाट विकासका लक्ष्य हासिल गर्न आपसी सहकार्य बढाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले कृषिको आधुुनिकीकरण, उत्पादकत्व वृद्धि, उद्यमशीलता, व्यवसाय र सेवा क्षेत्रमा युवाहरुको सहभागितामा सरकारले प्राथमिकता दिएको अवगत गराउनुभएको थियो । उहाँले जलवायुु परिवर्तनको क्षेत्रमा नेपालले गरेको योगदानका आधारमा उचित क्षतिपूर्ति पाउनुुपर्नेमा जोड दिनुुभयो ।