संसद् खोल्न सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेको अध्यक्ष दाहालको भनाई
-सत्तारुढ दलसँग दुई वूँदे सहमति गरेको भन्दै पार्टीभित्रबाट असन्तुष्टी व्यक्त भएका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सो सहमतिको बचाउ गर्नुभएको छ । चितवनको शिवनगरस्थित निजी निवासमा पत्रकार सम्मेलन गर्दै दाहालले महत्वपूर्ण ऐन बनाउन संसद् खोल्नु परेको भन्दै सत्तारुढ दलसँग दुई बुँदे सहमति स्वभाविक भएको बताउनुभयो ।
अध्यक्ष दाहालले माओवादीको बद्नाम गर्न कतिपयले दुई बुँदेको साहारा लिएको टिप्पणी गर्नुभयो । राजनीतिलाई नबुझ्नेहरुले सहमतिको विरोध गरेको उहाँको भनाइ थियो ।
सहमतिपछि माओवादी संसदको नियमित प्रक्रियामा फर्किएपनि रास्वपा र राप्रपा भने विरोधमा छन् ।