रकम लिई नाबालिका छोरीलाई तीन गुना जेठा भारतीयसंग विवाह
-पर्सामा १३ वर्षिया नाबालिकालाई एक भारतीयलाई चार लाख ८०हजार रुपैयाँमा बिक्री गरी बाल, अनमेल तथा अन्तरजातिय विवाह गरी दिएको आरोपमाबुवालाई प्रहरीले पक्राउ गरेको छ । पोखरिया नगरपालिका घर भएकी ती युवतीलाई उनका बुवाले एक भारतीय नागरिकलाई विवाह गरी दिएको आरोप छ । भारत बिहार सुगौलीका ५० बर्षिय पुरुष बिदुर रहेको रउनले दोश्रो विवाह गर्ननाबालिकाका बुवालाई रकम दिएको दाबी गरेका छन् ।
बालिकाका हजुरबुवा आफैले इलाका प्रहरी कार्यालय पोखरिया र जिल्ला प्रहरीकार्यालयमा यस्तो दाबी व्यहोरा सहितको उजुरी दिएपछि प्रहरीले युवतीका बुबालाई अनुसन्धानका लागि पक्राउ गरेको हो ।विवाह गरेका भारतीय पुरुष उपर जेठी पत्नीको हत्या गरेको अभियोग समेतरहेकोे दाबी गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नाबालिकाका ३४ बर्षिय बुबालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ । पर्सा जिल्ला अदालतमा बाल विवाह सम्बन्धी कसूरमा पेश गरी पाँच दिन म्याद थप अनुमति लिइ थपअनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपि किशोर लम्सालले जानकारीदिनुभयो ।