राष्ट्रिय

खिम्ती खोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध

- केदार शिवाकोटीदोलखा

पुष्पलाल लोकमार्ग अन्तगर्त रामेछाप र दोलखाको सिमाना खिम्ती खोला नजिकै पहिरोले सडक अवरुद्ध बनेपछि यातायात ठप्प भएको छ । 

दोलखा प्रहरीका अनुसार आज बिहान खसेको पहिरोले पुष्पलाल मार्ग भएर रामेछाप र दोलखाबाट राजधानीसहित सदरमुकाम आउजाउ गर्ने सवारी आगमन ठप्प भएको हो । 

पहिरो निकै ठूलो भएका कारण अवरुद्ध सडक खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ । सो भेग भएर गुड्ने सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

यसैबीच, माथिल्लो क्षेत्रमा निरन्तर परिरहेको वर्षाका कारण खिम्ती खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन त्यस क्षेत्रका स्थानीयलाई जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।