राष्ट्रिय

इजरायलबाट स्वदेश फर्किन झन्डै ९ सय जना नेपालीले नाम टिपाएः परराष्ट्र मन्त्रालय

- केएफएम डेस्क

इजरायल र इरानबीचको द्धन्द्धपछि इजरायलबाट स्वदेश फर्किन झन्डै ९ सय जना नेपालीले आफ्नो नाम टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभामा बोल्दै परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले विवरण सम्वन्धित पोर्टलमा भरेको जानकारी दिनुभएको हो । दुई देशबीचको युद्धका कारण प्रभावित क्षेत्रमा रहेको नेपाली नागरिकको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको मन्त्री राणाले बताउनुभयो ।

अर्को प्रसंगमा मन्त्री राणाले सुरक्षित आप्रवासनका लागि स्थानीय तहसम्म पुगेर काम गर्नुपर्ने बताउनुभएको छ । सांसदसहित सबै पक्षले यसका लागि काम गर्नुपर्ने उहाँको भनाइ थियो ।