राष्ट्रिय

बजेट र जनशक्तिको अभावका कारण लक्ष्य भेट्टाउन चुनौतीः मन्त्री यादव

- केएफएम डेस्क

खानेपानी मन्त्री प्रदिप यादवले अन्य बहुवर्षिय आयोजनामा कम्तीमा तीन करोड रुपैंया विनियोजन गरिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिदैं मन्त्री यादवले प्रदेश र स्थानीय तहमा साना योजना गएपनि ठूला आयोजना संघीय सरकारले नै हेरेको बताउनुभयो ।

दीगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म गरिएको लक्ष्य भेट्टाउन बजेट र जनशक्तिको अभावका कारण चुनौती रहेको उहाँको भनाइ थियो ।

खानेपानी मन्त्री यादवले संघीयता कार्यान्वयनका लागि पनि बजेट बनाउँदा सन्तुलित बनाउनु पर्नेमा जोड दिनुभयो ।