राष्ट्रिय

यसवर्ष रासायनिक मलको अभाव नहुने

- केएफएम डेस्क

सरकारले यसवर्ष रासायनिक मलको अभाव नहुने बताएको छ । मनसुन भित्रिएसँगै वीरगन्ज नाकाबाट रासायनिक मल धमाधम भित्रिरहेकाले यो वर्ष मल अभाव नहुने भएको हो । कृषि सामग्री कम्पनी लिमिटेडले संस्थाको भण्डारमा पनि पर्याप्त मल रहेका कारण विगतका वर्षमा जस्तो यसवर्ष धान बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा अहिले पनि रासायनिक मलकरिब २० हजार मेट्रिक टन मौज्दात रहेको कायममुकायम प्रमुख दुर्गाप्रसाद पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै थप ४६ हजार मेट्रिक टन मल आउँदै गरेको पाण्डेयले बताउनुभयो । हाल भित्रिन थालेको मलको आपूर्तिमा कुनै बाधा अवरोध नभए रोपाइँ हुनुअघि नै सबै मल भित्रिइसक्ने लिमिटेडको दाबी छ ।